| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान सुरु

गोरखामा शुक्रबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको पहिलो दिन विभिन्न संघसंस्थाको उपस्थितिमा प्रभातफेरि कार्यक्रम गरिएको सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारले जानकारी दिए ।

उनकाअनुसार जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको ¥याली बजार परिक्रमा गरी ठुलो आँगनमा समापन भएको थियो ।
लैङ्गिक हिंसा न्युनिकरणका लागि प्रत्येक वर्ष नेपालमा १६ दिने अभियानअन्तरगत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको उनले बताए । सम्य समाजको पहिचान लैङगिक हिंसा विरुद्धको अभियान संन्चालनको निम्ति प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पाँच सदस्य समिति गठन गरिएको छ ।

शुक्रबारबाट सुरु भएको अभियानको पहिलो दिनमा जिल्ला प्रहरी कार्यालय प्रमुख, जिल्ला समन्वय अधिकारी, गैरसरकारी संस्था महासंघका प्रतिनिधि, सामाजिक विकास कार्यलयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्