
नेपाल तमू(गुरुङ) विद्यार्थी छोँज धि गोरखाद्वारा मकैपुर तमु समाजलाई कुर्सी हस्तान्तरण
शहिदलखनगाउँपालिका वडा नं ७ स्थित मकैपुर तमु समाजलाई कुर्सी हस्तान्तरण गरिएको छ । शनिबार एक कार्यक्रमका बीच नेपाल तमू(गुरुङ) विद्यार्थी छोँज धि जिल्ला कार्य समिति गोरखाले मकैपुर तमु समाजलाई कुर्सी हस्तान्तरण गरेको हो ।
तिहारको देउसी भैलोबाट संकलित रकमबाट समाजलाई १५ थान कुर्सी हस्तान्तरण गरिएको समितिका सचिव मोहन गुरुङले बताए । नेपाल तमू विद्यार्थी छोज धिलाई सुरुवात कालदेखि नै नैतिक र आर्थिक सहयोग गर्दै आएकाले त्यसको उच्च सम्मान र योगदानको कदर गर्दै कुर्सी हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
उनका अनुसार गुरुङ जातीको संस्कर, संस्कृति, भाषा, भेषभुषाको संरक्षण एवं जगेर्ना गर्ने र युवा पुस्तालाई समेट्दै यसको महत्वका बारेमा जानकारी दिन नेपाल तमू विद्यार्थी छोज धि स्थापना भएको हो ।




