
गोरखामा पनि पूर्व सुरक्षाकर्मी परिषद नेपाल गठन
गोरखा जिल्लाभरका पूर्वसुरक्षाकर्मीहरु संगठित भएका छन् । नेपालसहित विश्वका बिभिन्न देशहरुमा सुरक्षाकर्मीका रुपमा कार्यरत भई हाल निवृत्त भएका पूर्वसुरक्षाकर्मीहरुको गोरखा सदरमुकाममा सम्पन्न भेलाबाट पूर्वसुरक्षाकर्मी परिषद नेपाल गठन भएको हो ।
भेलाले हरिकुमार थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । परिषदको सहअध्यक्षमा कृष्णप्रसाद रेग्मी र उपाध्यक्षहरुमा रोलबहादुर थापा मगर, तारा कुमारी बस्नेत, कञ्चन कुमार श्रेष्ठ, चित्र बहादुर पुलामी र तारा बहादुर खड्का सर्वसम्मत चयन भएका छन् ।
संस्थाको सचिवमा बद्रीप्रसाद पोखरेल, सहसचिवमा भरतबहादुर आले, कोषाध्यक्षमा बाबुकाजी श्रेष्ठ र सहकोषाध्यक्षमा रामजी ढकाल चयन भएका परिषदले जानकारी दिएको छ ।
गोरखाको विकासका विभिन्न क्षेत्रमा योगदान दिने, साामजिक गतिविधिमा सहभागी हुने र पूर्व सुरक्षाकर्मी र तिनको परिवारहरुको हितमा काम गर्ने उदेश्यले सो परिषद गठन भएको जनाइएको सचिव बद्रीप्रसाद पोखरेलले जनाए । परिषदमा नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, राष्ट्रिय अनुसन्धान, भारतीय सेना, ब्रिटिश सेना, सिंगापुर सेना लगायतका सुरक्षा निकायमा कार्यरत रही हाल अवकास लिएका गोरखालीहरु सदस्य रहेका पोखरेलले जानकारी दिए ।
परिषदले सदरमुकाममा सचिवालय स्थापना गर्ने र आफ्ना गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको उनले बताए ।
भेलाले १४ जनालाई कार्यसमिति सदस्यमा चयन गरेको जनाएको छ । जसमा ओमबहादुर आले, रामबाबु खत्री, जगदीश बस्नेत, लोकबहादुर परियार, कमल नारायण श्रेष्ठ, बेलबहादुर बस्नेत रहेका छन् । त्यस्तै लिला बहादुर पुलामी, गोविन्द गुरुङ, मोहनसिंह बस्नेत, शंकरबहादुर थापा, अनिल श्रेष्ठ, ज्ञान प्रसाद श्रेष्ठ, मैया पाण्डे र योजना थापा कार्यसमिति सदस्यमा चयन भएका छन् ।




