| मङ्लबार, कार्तिक २४, २०८३

सिटिजन लाइफको वार्षिकत्सवको अवसरमा डस्बिन वितरणसँगै गोरखकाली मन्दिर सरसफाइ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले वार्षिकोत्सवको अवसरमा सरसफाइ कार्यक्रम गरेको छ । कम्पनीले ५ औं बार्षिकोत्सवको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु गरेको र सोहि अनुरुप मंगलबार बिहान गोरखकाली मन्दिर परिसर हुंदै पार्किङ क्षेत्रको समेत सफा गरिएको शाखा प्रबन्धक हरिहर आचार्यले बताए । सोहि अवसरमा डस्टबिन पनि वितरण गरिएको थियो ।
मंगलबार बिहान ८ बजे देखि सुरु भएको उक्त कार्यक्रममा सिटिजन लाइफका कर्मचारी, अभिकर्ता तथा बीमित, जनप्रतिनिधि, साथै पदेलथोक टोल विकास संस्थाका अध्यक्ष एवं टोलबासी, शैक्षिक भ्रमणमा आएका विद्यार्थी साथै मन्दिरका कर्मचारीको समेत सहभागिता रहेको थियो । स्थानीय टोल बिकास संस्थाका अध्यक्ष मंगल थापाले सिटिजन लाइफले उदाहरणीय कार्य गरेको भन्दै धन्यवाद दिए भने शाखा प्रबन्धक हरिहर आचार्यले एक दिनको समयले हाम्रा वरिपरि पूरै सफा गर्न नसकिने तर यसले समुदायमा सकारात्मक सन्देश जाने बताए ।
नेपाली बीमा बजारमा छुट्टै पहिचान बनाएको कम्पनीको नवीनतम विशेषताहरु सहित आएको डबल बोनस, दुइगुणा वीमाङ्क सुबिधा, घातक रोग उपचार खर्च र बालबच्चाको उच्च शिक्षाको लागि धेरै रुचाइएका वीमा योजनाहरु रहका छन् ।

प्रतिक्रिया दिनुहोस्