
महिला उद्यमी संघ नेपालद्वारा सचिवालय स्थापनासँगै शुभकामना आदान प्रदान
महिला उद्यमी संघ नेपाल गोरखाले बुधवार सचिवालय स्थापना गरेको छ । महिलाहरुलाई सिप सिकाएर ब्यवशायीक बनाउँदै आएको उक्त संस्थाले गोरखा नगरपालिका ६ स्थित हरमटारीमा सचिवालय सुरु गरेको हो ।
सचिवालय स्थापना सँगै बिजयादशमी तथा शुभ दिपावलीको शुभकामना अदान प्रसाद कार्यक्रम गरिएको थियो । संघका अध्यक्ष रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले महिलाहरुलाई स्वरोजगार बनाउने गरी कार्यक्रम संचालन गर्न सुझाब दिए ।
उपप्रमुख मसलीमाया थोकरले तालिम दिने मात्र नभई उत्पादनमा केन्द्रत गराउँदै बजारिकरणमा सहयोग गर्न सुझाब दिईन ।
कार्यक्रममा नेकपा समाजवादी पार्टीका जिल्ला अध्यक्ष यादब बस्नेत, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, संघकी कोषाध्यक्ष सारदा खत्री लगायतले शुभकामना मन्तब्य राखेका संघकी सचिव सिर्जना पाण्डेले बताईन ।




