
छिटो र सहज रुपमा सुचना उपलब्ध गराउन गोरखाका सरकारी कार्यालयलाई आग्रह
गोरखका सरकारी कार्यालयलाई सहज र छिटो रुपमा सुचना उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले निर्देशन गरेका छन् । सुचनामा सर्वब्यापी पहुँच संम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा बुधवार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सुचना अधिकारीहरुको बैठक एवं पत्रकारहरुसँगको अन्तरक्रियामा प्रजिअ आचार्यले सो कुरा भनेका हुन् ।

बैठकले कार्यालयहरुको वेभ साईट अद्यावधि गर्ने, सबै खाले सुचना, प्रगती बिवरणहरु राख्ने, लिखित तथा मौखिक सुचनाको कार्यालयले अभिलेख राख्ने, सुचना उपलब्ध गराए नगराएको बिवरण राख्ने, सके सम्म छिटो सुचना मागकर्तालाई उपलब्ध गराउने निर्णय गरेको छ । कार्यालयहरुले प्रकाशन गर्नुपर्ने बिवरण प्रकाशन गर्ने र संचार माध्यामबाट धेरै जनामा पु¥याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बरालले सुचनाको हक, सुचनामा अधिकार, आधुनिक सुचना प्रणाली, अन्तराष्ट्रिय अभ्यास लगायतका बारेमा जानकारी गराएका थिए । सुचनाहरु प्रचार प्रसार गर्दा सत्य तथ्य पुष्टि गरेर गर्न प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले संचार माध्यामलाई पनि सुझाब दिए ।
कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले सुचना अधिकारीलाई कार्यालयको सबै सुचनाको पहुँच भए मात्रै संचारकर्मीले सजिलो सँग पाउन सक्ने बताए । साथै उनले पछिल्लो समय स्थानीय तहहरुले सामाजिक सञ्जालमात्रै बिज्ञापन गरेर कानुन बिपरित कर्मचारी भर्ना गर्ने, टेण्डर आह्वान जस्ता गतिविधी संचालन गरेको बताए ।
सुचना संचारकर्मीले आफ्ना लागि नभई आम जनताकालागि दिने भएकाले संवेदनशिल भएर पत्रकारलाई छिटो सुचना उपलब्ध गराईदिन सुचना अधिकारी सँग अध्यक्ष सापकोटाले अनुरोध गरे ।




