| मङ्लबार, कार्तिक २४, २०८३

कुटानी पिसानी मिल अनिबार्य दर्ता गर्न निर्देशन

गोरखा सदरमुकाममा संचालनमा रहेका अधिकांश कुटानी पिसानी मिल दर्ता नभई संचालन रहेको पाएको छ । जिल्लास्तरीय बजार अनुमगन समितिको टोली बिहिबार बजार अनुगमनको क्रममा अधिकांश मिलहरु व्यवसाय दर्ता नगरी संचालन गरेको पाएको हो । प्रशासन कार्यालयका प्रशसकीय अधिकृत छविलाल श्रेष्ठको नेतृत्वमा बजार अनुगमन भएको थियो ।

टोलीले विहिबार हरमटारी चोकदेखि गोरखा हस्पिटल चोकसम्मका खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । सो क्रममा कुटानी पिसानी मेसिन दर्ता नभई संचालन गरेको, मसलाजन्य सामग्री खुल्ला र फुटपाथमा राख्ने गरेको पाइएको थियो ।

No description available.

उनीहरुलाई एक दुई दिनभित्र दर्ता गरी संचालन गर्न र फुटपाथमा राखिएको सामनहरु हटाउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत छविलाल श्रेष्ठले बताए । त्यस्तै, पसलको नविकरण नगरेको, साइनबोर्ड नराखिएको भेटिएकाले सुधार गर्न निर्देशन दिएको छ । उनका अनुसार अनुगमनको क्रममा किराना पसलमा भेटिएका म्याद गुज्रिएका सामग्रीहरु जफत गरिएको छ ।

खाद्यान्न र मसला पसलका व्यापारीहरुलाई पटकपटक सुधार गर्न र सरसफाइमा ध्यान दिन आग्रह गरिएको बताउँदै अर्को पटक सोही गल्ती दोहोरिएमा सबै सामग्री जफत गरी पसल नै बन्द गर्ने उनले चेतावनी दिए । अनुगमन टोलीले मंगलबार पनि बजार क्षेत्रको अनुगमन गरेको थियो । आगामी दिनमा पनि अनुगमन निरन्तर हुने बताइएको छ ।

प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रेष्ठको नेतृत्वमा भएको टोलीमा साना तथा घरेलु उद्योग कार्यालय, गोरखा नगरपालिका, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स गोरखा, जिल्ला प्रहरी कार्यालय गोरखा र पत्रकार महासंघ गोरखाका पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्