| बुधबार, कार्तिक २५, २०८३

गोरखामा कार्यरत पत्रकार लोहनी वानको केन्द्रिय सदस्य चयन

गोरखामा कार्यरत पत्रकार किरण लोहनी ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान) को केन्द्रिय सदस्यमा चयन भएका छन् ।

भदौ ५ गते काण्ठमाण्डौँमा भएको अधिवेशनले गोरखा स्थित च्वाईस एफएमका स्टेशन म्यानेजर लोहनीलाई केन्द्रिय सदस्यमा चयन गरेको मुख्य निर्वाचन अधिकृत अधिवक्ता रमेश जोशीले बताए ।


नुवाकोट घर भएका लोहनी बिगत १६ वर्षदेखि गोरखामा कार्यरत छन् । उनी यस अघि बानको गण्डकी प्रदेश संयोजक समेत रहेका थिए । प्रेस चौतारी नेपालको उनी केन्द्रिय सदस्य पनि हुन् ।


अधिवेशनले अध्यक्षमा कुमार भट्टराई, बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाई, उपाध्यक्ष दुर्गा अधिकारी, गोबिन्दराज रोस्यारा, राजकुमार थापा, महासचिव नबिनबाबु राई, उपमहासचिव नबराज खनाल, सचिव किरण पाण्डे, महिला सचिव रेवती पराजुली, कोषाध्यक्ष हरि जोशी, सह कोषाध्यक्षमा विपिन ढुङ्गानालाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्