| बुधबार, कार्तिक २५, २०८३

जौवारीमा कार्यररत प्रहरी हवल्दार ‘वेस्ट पुलिस अफ द मन्थ’

जिल्ला प्रहरी कार्यालय गोरखाले जौवारीमा कार्यरत प्रहरी सहायक हवल्दार सुरेश कुमाललाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ । एसपी केदार खनालले मंगलवार जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कुमाललाई जेठ महिनाको वेस्ट पुलिस घोषणा गरेका हुन् ।


समुदायमा प्रहरीको छवि सकारात्मक बनाउने काम गरेको, फरार प्रतिवादी पक्राउ गर्न सफल भएको, अवैध उत्खनन र चोरी निकासी नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै कुमाललाई नगद सहित दोशल्ला र प्रशंसा पत्रले सम्मान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले हरेक महिना पुलिस अफ द मन्थ घोषणा गर्दै आएको छ । प्रहरीहरुको मनोबल उच्च राख्न भन्दै जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट घोषित प्रहरीको फोटो एक महिना भर कार्यालय परिसरमा पनि झुण्ड्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्