
भीमसेन थापा गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजानिक
भीमसेन थापा गाउँपालिकाले आर्थिक बर्ष २०७५÷२०७६ को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालीकाले सोमबार गाउँसभा गरी आर्थिक बर्ष २०७५÷७६ को नीति तथा कार्य क्रम सार्वजनिक गरेको हो ।
गाउँपालिकामा भएका स्रोत र साधनको सदुपयोग गरी गाउँ पालिकालाई आर्थिक बिकास र सम्बृद्धिको बाटो तर्फ लैजाने उदेश्यका साथ नीति तथा कार्यक्रमहरु ल्याएको भिमसेन थापा गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले बताए ।
गाउँपालीकामा चक्रपथ निर्माण गर्ने, सबै वडाबाट गाउँपालीका केन्दू सम्म सडक सञ्जाल जोड्ने, सूचना प्रविधि केन्दूको निर्माण गर्ने, पर्यटन बिकासको गुरु योजना तयार गर्ने, खेती योग्य जमिनमा सिञ्चाईको व्यवस्था गर्ने जस्ता कुराहरु नीति तथा कार्यक्रममा उल्लेख भएको छ ।
त्यस्तै शिक्षा क्षेत्रलाई बिशेष प्राथमिकता दिँदै भिमसेन थापा गाउँपालिकाका बिद्यालयहरुलाई गोरखाकै उत्कृष्ट बिद्यालयको रुपमा स्थापना गर्ने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
गाउँपालिकाले स्वास्थ्य श्रेत्रलाई प्रभावकारी बनाई गाउँपालीका भित्रै २५ शैयाको अस्पतालको निर्माण गर्ने पनि घोषणा गरेको छ । सौ गाउँपालिकाले एम्वुलेन्स सेवा सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम तय गरेको छ ।
जेष्ठ नागरिकलाई लक्षित गरि गाउँपालीकाल ८० बर्ष माथिका बृद्ध बृद्धाहरुलाई बस भाडा नलाग्ने बनाउनुका साथै हरेक प्रतयक वडामा पार्क निर्माण गर्ने गाउँपालिकाका प्रमुख पाण्डेको भनाई छ ।
त्यस्तै गाउँपालिकामा एक कृषि केन्द्र स्थापना गरी गाउँपालिकालाई कृषिमा आत्म निर्भर बनाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेको अध्यक्षतामा भएका कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर ४ का भौतिक तथा पुर्वधार मन्त्री रामशरण बस्नेत, गाउँ पालिकाका सम्पूर्ण वडा अध्यक्ष तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
नीति तथा कार्यक्रम ल्याउँदा दिगो बिकासको अबधारण नल्याएसम्म देश बिकास असम्भव रहेको प्रदेश नम्बर ४ का भौतीक तथा पुर्वधार मन्त्री बस्नेतले दावी गरे ।
‘थोरै लगानीले धेरै काम गरेर बिकास सम्भव छैन्’ मन्त्री बस्नेतले भने ‘जनताहरुको अत्यावश्यक आबश्यकतालाई पहिचान गरी काम गर्ने र गरेका काम दिगो हुने हो भने हाम्रो देश छिट्टै बिकास हुन्छ ।’
उनले थपे ‘थोरै लगानीले धेरै काम गर्न खोज्दा क्षणिक फाईदा भएपनि दिर्घकालिन रुपमा असर पर्छ ।
त्यसैले जनताको भावना र चाहानालाई बुझेर गाउँपालिकाको बिकासमा लाग्नुस् । अनि मात्रै जनप्रतिनिधि भनेर गर्भ गर्ने अबस्था आउँछ ।’ गाउँपालिकालाई जनताका हितका लागि उचित नीति तथा कार्यक्रम ल्याए त्यसलाई प्रदेश सरकारको तर्फबाट सम्बोधन गरीने उनले प्रतिबद्धता दिए ।




