| आइतवार, कार्तिक २९, २०८३

नारायणगढ–मुग्लिन

पहिरोले बन्द भएको मुग्लिन—नारायणगढ सडक सुचारु

नाराणयगढ—मुग्लिन सडकको भरतपुर महानरगपालिका–२९ को घुमाउने लगायत विभिन्न ठाउँमा पहिरो गएपछि अवरुद्ध बनेको यातायात सुचारु भएको छ। घुमाउनेमा मंगबार बिहान ५ बजेतिर गएको पहिरोका कारण दुईतर्फीरुपमा बन्द भएको बाटो मंगलबार बिहान ११ बजेबाट सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

मंगलबार राति यसै सडक खण्डका गाइघाट, तोपेखोला लगायतका ठाउँमा पहिरो गएको थियो । अहिले सबै ठाउँको पहिरो हटाएर दुईतर्फी नै यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्