
बारपाकमा विद्युत अबरुद्ध !
जिल्लाको बारपाकमा विद्युत अबरुद्ध भएको छ । शुक्रबार परेको चट्यानले विद्युत गृहमा हानेपछि बारपाकमा विद्युत अबरुद्ध भएको हिमालय माविका शिक्षक रामकुमार घलेले जानकारी दिए ।
विद्युत अबरुद्ध भएपछि बारपाकमा टेलिफोन सेवा समेत अबरुद्ध भएको छ । नेपाल टेलिकमको टावरमा प्रशारण हुने विद्युत नै अबरुद्ध भएपछि मोबाईलहरु नचलेको उनले जानकारी दिए । एनसिएलको टावर पनि केही दिन यता बन्द भएको छ । जेनेरेटरबाट चल्ने भएपनि बारपाक सडक बन्द भएकोले पेट्रोल लैजान नसक्दा टावरबाट नेटवर्क फाल्न नसकेको घलेको भनाई छ ।




