
एसईई मोडेल हन्ट श्रेष्ठले बाँडिन ह्वील चियर
दरौँदी ः आँबुखैरेनी सेवा समाज तनहुँले शुक्रबार एक बृद्धालाई ह्वील चियर वितरण गरेको छ । निरन्तर मानव सेवामा समर्पित रहेको समाज ले आँबुखैरेनी गाउँपालिका वडा नं २ मार्किचोक निवासी ७४ वर्षिय सुमित्रा परियारलाई ह्वील चियर वितरण गरेको समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले जानकारी दिए ।
एसईई मोडेल हन्ट २०१८ की बिजेता आँबुखैरेनी–३, शान्ति टोलकी दिया श्रेष्ठलाई समाजले सम्मान गर्दै उनकै हातबाट ह्वील चियर वितरण गरिएको श्रेष्ठले जानकारी दिए । गतवर्षको फागुन महिनादेखि सुमित्रा परियारलाई खुट्टामा भएको प्यारालाइसिसका कारण हिडडुल गर्न समस्या भएको र सुमित्राका छोरा केशव परियारले आँबुखैरेनी सेवा समाजसँग ह्वील चियरको माग गरेपछि ह्वील चियर प्रदान गरिएको समाजका अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
आर्थिक अवःथा ज्यादै कमजोर रहेको र ह्वील चियर वितरण पछि थला परेकी सुमित्रा परियारलाई हिडडुल गर्न सहज हुने अपेक्षा गरिएको समाजले जनाएको छ ।




