| आइतवार, कार्तिक २९, २०८३

मेहन्दी

एक हप्ते मेहन्दी तालिम सम्पन्न

दरौंदी ः गोरखा सदरमुकाममा सञ्चालित एक हप्ते मेहन्दी लगाउने तालिम सम्पन्न भएको छ । गोरखा सौन्दर्य कला व्यबसायी संघले सञ्चालन गरेको सो तालिमको गोरखा नगरपालिकाकी उपमेयर बिना कुमारी श्रेष्ठले समापन गरेकी हुन् ।

शनिबार गोरखा संग्रहालय परिसरमा आयोजित एक समारोहका बीच तालिम कार्यक्रमको समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै उपप्रमुख श्रेष्ठले व्यबसायको माध्यमबाट आफू स्थापित हुन र सामाजिक दायित्व बहन गर्न महिलाहरुलाई आग्रह गरेकी थिइन् । आबश्यक सहयोग गर्न नगरपालिका कार्यालय तयार रहेको उनले बताइन् । त्यस्तै मेहन्दीको महत्वको बिषयमा सौन्दर्य कलाकर्मी रोस्ता श्रेष्ठले जानकारी गराएकी थिइन् । कार्यक्रममा सल्लाहकार भाइचन्द्र श्रेष्ठ, आदिबासी जनजाति महासंघ, जिल्ला समन्वय परिषदका अध्यक्ष विष्णु राना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्