
रोटरीका अध्यक्ष श्रेष्ठले क्लवलाइ जग्गा दान
रोटरी क्लव अफ बज्र मनासलु गोरखाका नव निर्बाचित अध्यक्ष बाबुराम श्रेष्ठले क्लवलाई जग्गा दान दिने बताएका छन् । क्लवले बुधबार गोरखा सदरमुकाममा गरेको नयाँ पदग्रहण कार्यक्रममा बोल्दै क्लवको भवन निर्माण गर्नका लागि आफ्नो नाममा रहेको दुई आना जग्गा दान दिने बताएका हुन् ।
क्लबले बिगतमा गरेको कामहरुलाई निरन्तरता दिँदै आगामि दिनमा पनि जिल्लामा निशुल्क हेल्थ क्याम्प सञ्चालन गर्ने, न्यून स्तरीय बिद्यार्थीहरुलाई स्टेशनरीका सामान बितरण गर्ने, पोलीयो रोग नियन्त्रणका लागि सहयोग, खानेपानीको समस्या न्यूनीकरण गर्ने जस्ता कामहरु अघि बढाउने नव अध्यक्ष श्रेष्ठले बताए ।
क्लवका नयाँ कार्यकालका लागि बोर्ड मेम्बरमा भाईचन्द्र श्रेष्ठ, रुसबाबु जोशी, बिष्णुबहादुर राना, गोबर्धन श्रेष्ठ,सुमेन्द्र श्रेष्ठ, सन्तमान श्रेष्ठ सहित जम्मा १४ सदस्य निर्बाचित भएका छन् । नव निर्बाचत पदाधिकारीहरुलाई गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई तथा उपस्थीत सबैले बदाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।




