| आइतवार, कार्तिक २९, २०८३

जिल्ला भर धान दिवश मनाइयो

जिल्लाका विभिन्न फाँटहरुमा विभिन्न कार्यक्रम गरी १५ असारको अबसरमा १५ औँ राष्ट्रिय धान दिवश मनाइएको छ । जिल्ला कृषि विकास कार्यालय र शहिद लखन गाउँपालिकाको संयूक्त आयोजनामा लुदीफाँटमा रोपाईँ महोत्सव भएको थियो । त्यस्तै जिल्लाको आरुघाट गाउँपालिकामा पनि रोपाईँ महोत्सव आयोजना गरिएको थियो । सिआरएसको आर्थिक सहयोगमा, स्वाँरा सघन गाउँ विकास केन्द्रको समन्वय र आरुघाट गाउँपालिकाको आयोजनामा पनि धान दिवश मनाइयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाल, स्वाँरा सघन गाउँ विकास केन्द्रका कार्यक्रम संयोजक सनोद श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेको असल कट्टेलले जानकारी दिए । महोत्सवको अबसरमा किसानहरुको बिच हिले दौड, रोपाईँ प्रतियोगिता लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्