
गोनपा १० मा सार्वजनीक सुनुवाई
गोरखा नगरपालिका वडा नम्बर १० छेपेटारमा सार्वजनीक सुनुवाई कार्यक्रम भएको छ । गोरखा नगरपालिकाको आयोजना र सोच नेपालको समन्वयमा शुक्रवार भएको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागीले कृषकको उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गरे ।
वडा कार्यालयले अहिले सम्म स्थायी र ब्यवस्थित नहुँदा समस्या भएको, वडाबाट एकलौटी निणर्य हुने गरेको, उपभोक्ता समिति बनाउन सबैलाई समेट्न नसकिएको, राजनीतिक दलका नेताहरुले बिकास भन्दा धेरै राजनीति केन्द्रमा राखेको गुनासो स्थानीयको थियो ।
मेयर राजनराज पन्त, वडा अध्यक्ष देवीबहादुर बस्नेत, कार्यपालिका सदस्य सावित्रा थापा, शिक्षा शाखा प्रमुख चन्द्रबहादु खड्का लगायतले उठेका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा ६५ जनाको सहभागीता रहेको थियो । गोरखा नगरपालिकाको आयोजना भएको उक्त सार्वजनीक सुनुवाईको पत्रकार मोहसिनअलि मियाँले सहजिकरण गरेका थिए ।




