| आइतवार, कार्तिक २९, २०८३

प्रदेशको नाम तमुवान माग्दै प्रशासनमा धर्ना

प्रदेश नं. ४ को नाम तमुवान राख्नु पर्ने माग राख्दै तमु ह्युला छोंज धि, गुरुङ राष्ट्रिय परिषदले सोमबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएको छ । केन्द्रीय कार्यक्रम अनुसार प्रशासन कार्यालयमा धर्ना दिइएको हो । उनीहरुले यो प्रदेशको नाम तमुवान–मगराँत हुनुपर्ने माग गरेका छन् ।
त्यस्तै यसअघिदेखि दिइँदै आएको ल्होसारको सार्बजानिक विदा कटौती नगर्न पनि माग गरेका छन् । वर्तमान सरकारले सो विदा कटौती गरेको थियो ।
प्रदेशको नाम यसअघि गण्डकी राख्न सिफारिस गरी संघीय सरकारमा पठाइएको थियो । त्यसयता नामको बिषयमा विवाद हुदै आएको छ । तमुवान हुनुपर्छ भन्ने पक्ष र गण्डकी हुनुपर्छ भन्ने पक्षहरुले यसअघि पनि पटक पटक बिरोध कार्यक्रम गर्दै आएका छन् । नामाकरणको विवाद छिटो टुंगो लगाउनु पर्ने माग सहित कांग्रेसकास सांसदहरुले संसद अबरुद्ध समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्