| आइतवार, कार्तिक २९, २०८३

डा. देवकोटा

डा. देवकोटालाई सरकारले राजकीय सम्मानका साथ अन्तिम बिदाइ गर्ने

सरकारले सोमबार साँझ निधन भएका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ।

सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले डा देवकोटालार्इ राजकीय सम्मान अर्पण गर्ने निर्णय गरेको सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् । ‘उहाँलार्इ राजकीय सम्मान दिने निर्णय भएको छ,’ मन्त्री तामाङले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै भने, ‘नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदान सदैव स्मरणीय रहनेछ, सोही योगदानको सम्मानमा यस्तो निर्णय गरिएको हो।’

दिउँसो १ बजेसम्मका लागि डा। देवकोटाको पार्थिव शरीरलार्इ अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमै राखिएको छ। डा। देवकोटाको पार्थिव शरीरलार्इ ढाका टोपी लगाइदिएर सर्वसाधारण एवं शुभेच्छुकको श्रद्धान्जलीका लागि राखिएको हो। उनको पार्थिव शरीरमा पुष्पगुच्छा र श्रद्धाञ्जली चढाउनेको अस्पताल परिसरमा भीड लागेको छ ।

डा. देवकोटाको अन्तिम दाहसंस्कार आजै पशुपतिस्थित आर्यघाटमा विद्युतीय मेसिनबाट गरिने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्