| आइतवार, कार्तिक २९, २०८३

daraundi

आँबुखैरेनीमा पुराणको पैसाले किरियापुत्री घर

दरौँदी ः तनहुँको आँबुखैरेनीमा सप्ताहज्ञान महायज्ञबाट संकलन गरिएको रकमले चारकोठे पक्की क्रियापुत्री भवन निर्माण भएको छ ।
शिव मन्दिर संरक्षण समिति आँबुखैरेनीले मस्र्याङ्गदी र दरौदी दोभानमा रहेको शिव मन्दिर परिसरमा गत वर्ष लगाएको महायज्ञबाट जुटेको ३२ लाख रुपैयाबाट ४ कोठे किरियापुत्री भवन निर्माण गरेको समितिका अध्यक्ष रत्न कुँवरले बताए । भवन सँगै शौचालय र घेराबार गरिएको छ । भवनको शनिबार आँबुखैरेनी गाँउपालिका अध्यक्ष गिर बहादुर थापाले उद्घाटन गरे। उद्घाटनको क्रमर्मा अध्यक्ष थापाले भवनमा अझै तला थपेर कोठा वृद्धि गर्न गाँउपालिकाले आगामी बजेटबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्