
२४ शिक्षकलाई सञ्चार प्रबिधि सम्बन्धि तालिम
शैक्षिक तालिम केन्द्र गोरखाले प्रदेश ४ अन्तरगतको सामाजिक बिकास मन्त्रालय पोखराको आर्थिक सहयोगमा सुचना तथा सञ्चार प्रबिधि बिषयमा २४ जना शिक्षकलाई तालिम प्रदान गरेको छ । केन्द्रले माध्यामिक तहका शिक्षकहरुलाइ तालिम प्रदान गरेको हो ।
शिक्षकहरुमा पेशागत क्षमता अभिबृद्धि गराउने उदेश्यले तालिम प्रदान गरिएको तालिम केन्द् गोरखाका प्रमुख दयाराम गौतमले जानकारी दिए । तालिम गत बुधबारदेखि आगामि शुक्रबारसम्म सञ्चालन गरिने तालिम केन्द्रले जनाएको छ ।
तालिम केन्द्र गोरखाका बरिष्ठ प्रशिक्षक गौतम र यानबहादुर नेपाली, सरस्वती मावि आहालेका कम्पृटर शिक्षक मिलन श्रेष्ठ, द्रव्य शाह बहुमुखी क्याम्पसका उपप्रध्यापक कृष्णप्रसाद पराजुली तथा प्रअ श्यामप्रसाद लामिछानेले तालिममा प्रशिक्षण गरेका थिए ।
सो तालिममा गोरखा र नवलपरासीका गरी जम्मा २४ जना गणित बिज्ञान र अंग्रेजी अध्यापन गर्ने माध्यामिक तहका शिक्षकहरु सहभागी रहेका छन् । 




