| आइतवार, कार्तिक २९, २०८३

६० जनालाई होमस्टे सम्बन्धि तालिम

६० जनालाई होमस्टे सञ्चालन सम्बन्धि तालिम

 

दरौँदी ः प्रथम शहिद लखनथापा क्लवको आयोजनामा शहिदलखन गाउँपालिमा वडा नम्बर ७ का ६० जना स्थानीयलाई एक दिने होमस्टे सञ्चालन सम्बन्धि अभिमुखीकरण तालिम प्रदान गरेको छ । क्लवले गाउँपालिकासँगको सहकार्यमा उक्त तालिम प्रदान गरेको हो ।

गाउँमा पर्यटन बिकासका लागि स्थानीयलाई होमस्टे सम्बन्धि ज्ञानको आबश्यकता भएकाले तालिम दिएको शहिदलखन गाउँपालिकाका समाजसेवी राजन आलेमगरले जानकारी दिए ।

प्रथम शहिद लखनथापा क्लवका अध्यक्ष भरत आलेमगरको अध्यक्षतामा सञ्चालन भएको उक्त तालिममा शहिदलखन गाउँपालिकाकी उपप्रमुख इन्दीरा तीवारी, शहिदलखन गाउँपालिकामा कार्यकारी अधिकृत जीवन आले लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा प्रथम शहिद लखनथापा क्लवका अध्यक्ष आलेमग, शहिदलखन गाउँपालिकाकी उपप्रमुख तीवारी लगायतले गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास ष्र्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्