| मङ्लबार, कार्तिक २४, २०८३

नापी कार्यालय गोरखाका प्रमुख पाण्डेको फेसबुक ह्याक गरेर ठगी


नापी कार्यालय गोरखाका प्रमुख अमृत पाण्डेको फेसबुक ह्याक गरेर रकम ठगी भएको छ । बुधवार राती फेसबुक ह्याक गरी १५ हजार रुपैयाँ ठगी भएको उनले बताए ।
‘ईसेवाको आईडीमार्फत पैसा माग्दै ह्याकरले आफन्त, साथीभाईलाई म्यासेज पठाएको रहेछ’, उनले भने, ‘एक जनाले १५ हजार ई–सेवामार्फत रकम दिनुभएछ । तर मलाई थाहा भएन । बिहान फोन आएपछि मात्रै थाहा भयो ।’ त्यसरी धेरै जनालाई म्यासेज गरेर पैसा मागेको जानकारी आएको उनले बताए ।


केहीदिन यता गोरखामा फेसबुक ह्याक गरेर रकम ठगी गर्ने क्रम बढेको भन्दै जिल्ला प्रहरी कार्यालयले सचेत रहन सर्वसाधारणमा अपिल गरेको छ । साथै कोही पिडित भएको भए तुरुन्त जिल्ला प्रहरी कार्यालयमा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।


प्रहरीले चिनेको ब्यक्तिबाट म्यासेज आएको भन्दै हतारिएर लिंकहरु नखोल्न, पैसा नपठाउन अनुरोध गरेको छ । टेलिफोन गरेर एकिन गर्न पनि प्रहरीले सर्वसाधारणलाई सुझाब दिएको छ ।

प्रतिक्रिया दिनुहोस्