| मङ्लबार, कार्तिक २४, २०८३

ठूलो एकादशीमा त्रिवेणी मेला र भलिबल प्रतियोगिता हुने

आउँदै गरेको ठूलो एकादशीमा शहीदलखन गाउँपालिका वडा नम्बर ३ त्रिवेणीमा कालिका युवा क्लवले भलिबल प्रतियोगिताको आयोजना गरेको छ । हरिवोधनी(ठुलो एकादशी)को अवसर पारेर त्रिवेणी मेला एवं चौँथो कालिका भलिबल कप प्रतियोगिता २०७८ आयोजना गरिएको क्लवले जनाएको छ ।


कात्तिक २७ गतेदेखि ३० गतेसम्म भलिबल प्रतियोगितासँगै बिभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ । भलिबलका बिजेताले नगद ५० हजार, उपबिजेताले ३० र तेस्रो हुनेले नगद २० हजारको साथमा ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछन् ।

सोही अवसरमा भेट्रान्स भलिबल प्रतियोगिता पनि संचालन हुनेछ । राष्ट्रिय र स्थानीय कलाकारको उपस्थितिमा बिभिन्न रोमाञ्चक कार्यक्रम संचालन हुने कालिका युवा क्लवले जनाएको छ ।
खुल्ला भलिबलका लागि दर्ता शुल्क पाँच हजार र भेट्रान्सका लागि दुई हजार राखिएको छ ।

चितवनको मुग्लिन भन्दा पारिपट्टि गोरखाको शहीदलखन ३ मा रहेको त्रिवेणी मन्दिर परिसरमा उक्त कार्यक्रम हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्