| आइतवार, कार्तिक २९, २०८३

daraundi

तमू ह्यूल छोँज धी गोरखाको अध्यक्षमा राम बहादुर

दरौँदी ः तमू ह्यूल छोँज धी गोरखाको अध्यक्षमा राम बहादुर गुरुङ चयन भएका छन् ।
जेठ २५ र २६ गते भएको पहिलो जिल्ला अधिवेशनबाट गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन भएको हो । जसको उपाध्यक्षमा गोविन्द गुरुङ, कृष्ण गुरुङ र महिला उपाध्यक्षमा दिलकुमारी गुरुङ रहेका छन् । त्यस्तै सचिबमा चन्द्रबहादुर गुरुङ, संगठन सचिबमा रुपबहादुर गुरुङ, प्रचार सचिबमा दुर्गा गुरुङ, कोषाध्यक्षमा ज्ञानेन्द्र गुरुङ, सहकोषाध्यक्षमा धनकुमारी गुरुङ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा दिनेश गुरुङ, प्रेम गुरुङ, वृष बहादुर गुरुङ, तयाराज गुरुङ, गौतम गुरुङ, मानबहादुर गुरुङ, सुमन गुरुङ, शेरबहादुर गुरुङ, सन्तोष गुरुङ, राम गुरुङ, आनन्द गुरुङ, पदम गुरुङ रहेका छन् ।
निर्वाचन मण्डलका अध्यक्ष एवं संस्थाको केन्द्रिय उपमहासचिब राजु गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङ, विशेष अतिथि संस्थाका केन्द्रिय उपाध्यक्ष मनमायाँ गुरुङ र नरबहादुर गुरुङ, संस्थाका गोरखा जिल्ला पूर्व अध्यक्ष जघनसिंङ गुरुङ, निर्वाचन मण्डलका उपसंयोजक ओम गुरुङ लगायतले आफ्नो भनाई ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्