| आइतवार, कार्तिक २९, २०८३

मनासलु संरक्षण क्षेत्रमा यसरी मनाइयो ंविश्व वातावरण दिवस (फोटो)

दरौँदी ः मनासलु संरक्षण क्षेत्र आयोजनाले विश्व वातावरण दिवशको अबसरमा विभिन्न सरसफाई कार्यक्रमहरु सम्पन्न गरेको छ । मनासलु संरक्षण क्षेत्र आयोजनाले गरेको सिर्दीबास स्थित फिलिम सरसफाई कार्यक्रममा स्थानीय बुद्ध माध्यामिक विद्यालयहरुको समेत सहभागिता रहेको आयोजनाका प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

त्यस्तै उक्त कार्यक्रममा शिक्षक शिक्षिका तथा फिलिममा कार्यरत विभिन्न कार्यालयका प्रमूख तथा प्रतिनिधी र आयोजनाका कर्मचारीले फिलिम गाउँ सरसफाई गरेर विश्व वातावरण दिवस भव्यताका साथ मनाए ।


‘प्लाष्टिक प्रदूषण निर्मूल पारौंःपुनर्प्रयोग गर्न नसके, बहिष्कार गरौं’ मुलनारा सहितफिलिमगाउमा प्रभादफेरी समेत गरिएको थियो । संरक्षण क्षेत्र व्यवस्थापन समितिका सचिव दिपेन्द्र गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोजनाले वार्षिक रुपमा प्रदानगरिने छात्रवृत्ति कार्यक्रमका अध्यक्ष र आयोजनाको संरक्षण अधिकृत अजित तुम्बाहाम्फे मार्फत ३९ जनाविद्यार्थीलाई नगद रु. २,३७०००।–समेत वितरण गरियो ।
त्यस्तै आयोजनाले वुद्ध माध्यामिक विद्यालयमा अध्यापनभईरहेको प्रकृतिको सन्देश विषयमा उत्कृष्ट हुने १० जनाविद्यार्थीलाई समेत पुरस्कार प्रदान गरेको थियो ।


त्यसतै दिवसको अवसरमा भएको वातावरणमा पूर्वाधार निर्माणको प्रभाव शिर्षकको निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

हरित युवा वाल क्लबले वृक्षारोपण र त्यसको आवश्यकताको सन्देशदिँदै संरक्षण नाटक तथा गितप्रदर्शन गरेको एम्क्यापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्