
गोरखामा संचालित निजी आवास पुनर्निर्माण परियोजनाको भर्चुअल बैठक गरेर समापन
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको जिल्ला स्तरीय परियोजना प्रगति समिक्षा तथा समापन कार्यशाला भर्चुअल प्रविधिबाट भएको छ ।
निजी आवास पुनर्निर्माणको क्षेत्रमा गोरखा जिल्लाका दुई नगरपालिका गोरखा, पालुङ्गटार नगरपालिक तथा धार्चे, गण्डकी ,सिरानचोक, अजिरकोट,आरुघाट र गण्डकी गाँउपालिकामा २६ हजार नौ सय १२ घरधुरीलाई सामाजिक प्राविधिक सहजिकरण गरी अन्तिम चरणमा रहेको परियोजनाले शुक्रवार एक भर्चुअल कार्यक्रमका बीच कार्यशाला समापन गरेको हो ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजन राजपन्तले परियोजनाले निजी आवास पुनर्निर्माणमा जनताका घरदैलो सम्मपुगि समस्याको पहिचान गरि आवास निर्माण गर्न सफल भएको बताए ।
पालुङ्गटारका मेयर दिपकबाबु कँडेलले पालुंगटार नगरपालिकाको समग्र निजी आवास पुनर्निर्माण र परियोजना संगको समन्वयका बारे प्रस्तुतिकरण दिँदै निजी आवास पुनर्निर्माण सम्पन्न गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।
जिल्ला समन्वय समितिका अध्यक्ष अशोक कुमार गुरुङले परियोजना केही समय ढिला आएतापनि उल्लेखनिय काम गरेको भन्दै प्रशंसा गरे । जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रामशरण आचायले जिल्लाको समग्र पुनर्निर्माणको अवस्थाबारे जानकारी गराउँदै पुनर्निर्माणमा भएका सिकाई तथा आगामी चुनौतीका बारेमा धारणा राखेका थिए ।
यस्तै यूएनडिपीका प्रतिनिधि विजय सिंहले समेत निज ीआवास पुनर्निर्माण सम्पन्नगर्न प्रभावकारी भूमिका निर्वाह गर्ने स्थानीय, स्थानीय जनप्रतिनिधि, प्राधिकरण लगायत सरोकारवाला निकायलाई धन्यवाद दिए ।
कार्यक्रममा परियोजना संग सम्बन्धित सरोकारावाल व्यक्तिले समेत परियोजना अन्र्तगतका गोरखामा निजीआवास पुर्निर्माण सम्पन्नगरि भूकम्प प्रभावित घरधनीलाई अपन्त्व प्रदानगर्न सफल भएकोमा धन्यवाद ज्ञापन गरे । परियोजना निजी आवास पुनर्निर्माण सम्पन्न गरि अन्तिम चरणमा रहेको छ ।




