| आइतवार, कार्तिक २९, २०८३

हर्मीमा बर्षा मापन केन्द्र स्थापना

हर्मीमा बर्षा मापन केन्द्र स्थापना

दरौंदी ः गोरखाको सबैभन्दा धेरैपानी पर्ने ठाउँ भनेर चिनिने हर्मीमा बर्षा मापन यन्त्र जडान गरिएको छ । शम्भू स्मृति प्रतिष्ठान र रेडियो हर्मीको संयुक्त प्रयासमा बर्षा मापन यन्त्र जडान गरिएको हो ।

गत बैशाखमा स्थापना गरिएको सो बर्षा मापन केन्द्रमा रेडियो हर्मीका सल्लाहकार सदस्य खेमराज अधिकारीले नियमित रुपमा बर्षाको मापन गर्ने गरेका स्थानीयबासी जनार्दन ढकालले जानकारी दिए ।

बर्षा मापन केन्द्रमा दैनिक बिहान पौने नौ बजे बर्षा मापन गरी तथ्यांक राखिने गरिएको छ । नतिजा रेडियो हर्मीबाट तथा सामाजिक सञ्जालबाट समेत सार्बजानिक गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्