| आइतवार, कार्तिक २९, २०८३

अब नागरिकले सरकारलाई मोबाइलबाटै गुनासो गर्न सक्ने

अब नागरिकले सरकारलाई मोबाइलबाटै गुनासो गर्न सक्ने

सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ ।

यो एप आधुनिक र सुविधाजनक हुनेछ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यसको निर्माण गर्ने योजना छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस्तो एप निर्माणका लागि गृहकार्य थालिएको जनाएको छ । अहिले सरकारले ‘हेलो सरकार’ संयन्त्रमार्फत नागरिकको गुनासो लिइरहेको छ ।

बाबुरम भट्टराई ‘हेलो सरकार’मा समाजिक सञ्जाल र टेलिफोनमार्फत मात्रै गुनासो गर्न सकिन्छ । तर, अब सरकारका सेवा, सुविधा, नागरिरकका समस्या सिधा सम्बन्धित निकायमा पुग्ने गरी यस्तो एप बनाउन लागिएको हो ।

एकीकृत रुपमा सरकारका सबै निकायसम्बद्ध गुनासो सुन्न र सम्बोधन गर्नका लागि मोबइल एप सञ्चालन गर्ने योजना बनेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

यस्तो एपमा सबै मन्त्रालय र सम्बद्ध निकायको गुनासो सोझै एपमार्फत कार्यलय प्रमुखसम्म पुर्‍याउन सकिने अवधारणा तयार गरिएको छ ।

यो एप बनाउन आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था हुनेछ । यसमार्फत आउने गुनासो प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा गुनासो सम्बोधन गर्न छुट्टै संयन्त्र पनि राख्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्