
प्रहरीद्वारा नारेश्वर र स्वाँरामा ६ हजार बोट गाँजा नष्ट
सार्वजनीक र ब्यक्तिको जग्गामा उम्रिएका गाँजा नष्ट गर्ने अभियान चलाएको गोरखा प्रहरीले आईतवार ६ हजार बोट गाँजा नष्ट गरेको छ ।
गोरखा नगरपालिका ३ नारेश्वर र वडा नम्बर ५ को स्वाँरा क्षेत्रमा करिब ३० रोपनी क्षेत्रफलमा उम्रिएको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए ।
प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा प्रहरी टोलीले केही दिन यता सदरमुकामको बिभिन्न ठाउँमा गाँजा फडानी गर्दै आएको छ ।




