
कांग्रेस सचिव न्यौपानेद्वारा गुरुकुललाई खाद्यान्न सहयोग
नेपाली कांग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेले गोरखा नगरपालिका वडा नम्बर ६ मा रहेका गोरक्षनाथ बैद्धिक गुरुकुल विद्यालयलाई खाद्यान्न सहयोग गरेका छन ।
स्वर्गिय पिता वुद्धी प्रसाद न्यौपानेको २० औँ स्मृती दिबसको अवसरमा आज उनले दुई बोरा चामल, ५ किलो नुनु, ५ किलो चिनि, ७ किलो दाल ५ लिटर तेल लगायत खाद्यान्न सामग्री दिएका हुन ।
आबासिय रुपमा गुरुकुलमा पढ्दै आएका बिभिन्न जिल्लाका बटुकहरुलाई पोषिलो खानेकुराको अभामा केही समय अघि कुपोषण समेत देखिएको थियो ।
लकडाउनको बेला खानाको अभाव भएको हुन सक्ने ठानेर पिताको स्मृतीको दिबसको अवसरमा केही खाद्यान्न सहयोग गरेको कांग्रेस जिल्ला सचिव न्यौपानेले बताए ।
अहिले त्यहाँ ३० जना भन्दाबढि बटुकहरु बसेर पढ्दै आएका छन ।




