| शनिबार, कार्तिक २८, २०८३

आत्मनिर्भर केन्द्रद्वारा विद्यालयलाई रु १ लाखको सामग्री हस्तान्तरण

आषिश कुमार भट्टः  सामुदायिक आत्मनिर्भर सेवा केन्द्र काठमाडौेले गोरखाको गुरुकूल विद्यालयलाई रु १ लाख १२ हजार ९ सय ५२ मूल्य बराबरको सामाग्री हस्तान्तरण गरेको छ ।

जिल्लामा भूकम्प र भूमिहिन लाभग्राहीहरुको नीजि आवास पुर्नवास र पुर्नस्थापनाको लागि संञ्चानल गरेको दिगो समाधान परियोजनाको समयावधि भदौ १५ मा सकिने भएकोले कार्यालयमा रहेको जिन्सी सामाग्रीहरु कुनै सामाजिक संघ सस्थाहरुलाई प्रदान गर्नुपर्ने संस्थानको नियम अनुसार नेपाली धर्म, संस्कृति, रितिरिवाजको सम्वर्दन र प्रवद्र्धन गर्दे आईरहेका गुरुकूललाई समग्री हस्तान्तरण गर्न लागिएको संस्थाले जनाएको छ ।

गोरक्षनाथ वैदिक गुरुकूल विद्यालय २०७१ सालमा स्थापना भएकोे हो । सस्थाको पैरवी संयोजक, अधिकृत लगाएतका कर्मचारिहरु र विद्यालयका व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक र विद्यार्थिहरुको उपस्थितीमा विद्यालयको प्रांगणमा औपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिएको थियो ।  दराज, फर्निचर, वेडिङ्ग, किचेन वायर लगाएतका सामग्री गरी ५० प्रकारका सामाग्रिहरु हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्