
गण्डकी प्रदेशका बिभिन्न स्थानमा सोमवार सम्म वर्षातको संभाबना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले सोमवार सम्म देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार साउन ३२ गते आइतवार गण्डकी प्रदेश एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ । राति देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
भदौ १ गते सोमबार गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।




