| शनिबार, कार्तिक २८, २०८३

तीनखण्डेका पहिरो पिडितलाई रोटरी क्लवद्वारा राहत वितरण

दराैँदी समाचारदाताः रोटरी क्लव अफ गोरखाद्वारा तीनखण्डेका पहिरो पिडितलाई राहत वितरण गरिएको छ । पहिरोले घर बगाएको बारपाक सुलीकोट गाउँपालिका ८ का गोकणर् भट्ट, लालप्रसाद भट्ट र देवीमाया भट्टलाई राहत सामग्री प्रदान गरिएको हो । क्लवका अध्यक्ष काशिनाथ अम्गाईसहितको टोली घ्याम्पेशाल पुगेर राहत सामग्री हस्तान्तरण गरेको थियो ।

भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, बारपाक सुलीकोट ८ का वडाअध्यक्ष कृष्ण गुरुङ र क्लवका अध्यक्ष अम्गाईले संयुक्त रुपमा ती सामग्री हस्तान्तरण गरेका थिए । साथै क्लवले भीमसेन थापा गाउँपालिका वडा नं. १ घ्याम्पेशालका समुद्र श्रेष्ठ, छापपाटाका हिरा श्रेष्ठ, वडा नं. २ बगुवाखेतकी गोमा थापा, वडा नं. ३ का यदुप्रसाद पुडासैनीलाई राहत वितरण गरेको छ ।

प्रति परिबार चामल एक बोरा, रातो दाल दुई केजी, नून दुई केजी, हरियो केराउ एक केजी, सोयाबिन दुई पोका, जीराको धुलो दुईसय ग्राम, बेसार एकसय ग्राम, तेल डेढ लिटर, चिउरा एक पाकेट, दालमोठ एक पाकेट, डसना, ब्ल्याङ्केट एकथान, तन्ना, झुल, सिरानी फाइबल, सिरानी खोल, कालो म्याट एक थानका दरले वितरण गरिएको क्लवका अञ्जनबाबु खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्