| शनिबार, कार्तिक २८, २०८३

शक्तिपिठमा भेला भएर जनै मन्तर्ने कार्यक्रम स्थगित

दराैँदी समाचारदाताः जनै पुर्णिमाको दिन साउन १७ गते सोमवार गोरखा लगायत बिभिन्न ठाउँका शक्तिपिठमा जनै पुजा पाठ गरी मन्र्तर्ने (सुद्ध बनाउने) गरिन्छ । तर यो वर्ष सामुयिक रुपमा रक्षाबन्दन र जनै मर्तने कार्यक्रम नहुने भएको छ ।

गोरखा सदरमुकामको रानीपोखरी परिसरमा हरेक वर्ष सामुयिक पुजापाठ गरी जनै मतर्ने कार्यक्रम गर्दै आएको दिजबन्धु सांस्कृति समाजले यस वर्ष भने उक्त कार्यक्रम नगर्ने निणर्य गरेको समाजका अध्यक्ष सम्भु अर्यालले बताए । विश्वभर फैलिएको कोरोना भाईरसको प्रभावले ऋषी तर्पणाी कार्यक्रम नहुने निणर्य गरेको हो । समाजले आ-आफ्नो अनुकुलमा सुरक्षित भएर गर्न समेत अनुरोध गरेको छ ।

यस्तै पालुङटारको कागबेनी मन्दिरमा पनि जनैमतर्ने कार्यक्रम नहुने भएको छ । सामुकिय रुपमा जन र रक्षाबन्दलाई सुद्ध गरेर पण्डितले घरघरमा पुगेर बाँध्ने गर्थे ।

‘यो वर्ष घरघरमा गएर जनै बाँध्ने योजना छैन’ कागबेनी मन्दिर संरक्षण एवं ब्यवस्थापन समितिका अध्यक्ष रमेश पोखरेलले भने । मन्दिरमा पुजारी र पण्डितले जनै मन्र्तर्ने र टोलटोलका बिचमा एक ठाउँमा भेला भएर आलोपालो सामाजिक दुरी कायम राखी रक्षाबन्द लगाइदिने योजना भएको उनले बताए ।

‘गाउँमा घरघरमा पुगेर हरेक मानिस सँग भेट्दा जोखिम बढी हुन सक्छ, दुरी कायम गरेर सुरक्षाका उपाए अपनाउँदै पर्वलाई निरन्तरता दिन खोजेका हौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्