
मुस्लिम समुदायले आज बकर इद मनाउँदै
मुस्लिम समुदायले आज बकर इद मनाउदैछन । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकर इदमा बिशेष गरेर पशु चौपायालाई कुर्वानी अर्थात् बलि दिएर मनाउने गरिन्छ । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ ।
आज बकर इदकाे नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट लगायत चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ । कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ । गोरखा नगरपालिका, भिमसेन थापा, सिरानचोक, गण्डकी, आरुघाट लगायत गोरखाका पालिकाहरुमा मुस्लिम समुदायका बाक्लो बस्ती छ ।




