| शनिबार, कार्तिक २८, २०८३

भौतिक दुरी कायम गर्न र मास्क लगाउन ताकेता

दराैँदी समाचारदाताः कोरोना संक्रमण समाजमा समेत फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले भौतिक दुरी कायम गर्न र मास्क लगाउन ताकेता गरेको छ । लकडाउन खुल्ला भएपछि नागरिकहरु स्वास्थ्यका आधारभूत सुरक्षाका तरिका समेत नअपनाई हिडडुल गरिरहेको भन्दै कार्यालयले अनिबार्य रुपमा भौतिक दुरी कायम गर्न आग्रह गरेको हो ।

कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार कुनै पनि ब्यक्तिबाट डेढदेखि दुई मिटरसम्म दुरी कायम गर्न कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै घरबाहिर निस्केपछि अनिबार्य रुपमा मास्क लगाउन, सेनिटाइजर वा साबुन पानीले बारम्बार हात धुन पनि आग्रह गरेको छ ।

लकडाउन समाप्त भएपछि मान्छेहरुमा आत्मबल बढेको, बाहिर धेरै निस्केको पक्ष सकारात्मक भए पनि व्यक्तिगत स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगर्नु नकारात्मक भएको भन्दै कार्यालयले पटक पटक आग्रह गर्दा पनि अटेरी गर्नेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्