| शनिबार, कार्तिक २८, २०८३

घरेलु हिंसामा परेकालाई नगरपालिकाको सहयोग

दराैँदी समाचारदाताः गोरखा नगरपालिकाले घरेलु हिंसामा परेकालाई सहयोग गर्ने अभियान सुरु गरेको छ ।

हिंसा पिडित उद्वार कोष सञ्चालन गरेर पहिलो पटक आज गोरखा नगरपालिका १ कि एक महिलालाई नगद १० हजार सहयोग गरिएको उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताईन ।

‘घरेलु हिंसा, लैङ्गिक हिंसामा परेका महिला, पुरुषलाई सहयोग गर्ने गरी यो कोष सञ्चालन गरेका हौँ’ उनले भनिन् ‘नगरपालिकाको सहयोगमा हिंसामा परेकालाई राहत मिल्ने र पिडा सहेर बस्नु हुँदैन भन्ने आत्माबल बढ्न सक्छ ।’

नगरपालिकाले कार्यविधि बनाएर पाँच हजार भन्दा माथि सहयो गर्ने गरी गत वर्ष तीन र चालु वर्ष दुई गरी कोषमा पाँच लाख जम्मा गरेको छ ।

‘हिंसाको घटना कम गर्न यो अभियान सुरु गरिएको हो’ उपप्रमुख श्रेष्ठले भनिन् । वडा कार्यालयको सिफारिसमा हिंसामा परेका महिलाहरुले नगरपालिकामा उजुरी गरेको आधारमा सहयोग पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्