| शनिबार, कार्तिक २८, २०८३

रोट्याक्ट क्लवको पदस्थापन, अध्यक्षमा कंडेल चयन

दराैँदी समाचारदाताः रोट्याक्ट क्लव अफ गोरखाको अध्यक्षमा फिलिप कंडेल चयन भएका छन् । बुधवार पदस्थापन कार्यक्रम गरी एक वर्षे कार्यकालका लागि कंडेलले रोट्याक्टको नेतृत्व लिएका हुन् । वर्ष २०१९/२०का अध्यक्ष बिपिन पोखरेलले वर्ष २०२०/२१ का अध्यक्ष कंडेललाई पद हस्तान्तरण गरेका हुन् ।

क्लवको सचिवमा सुस्मिता लौडारी, कोषाध्यक्ष निरञ्जन कट्टेल चयन भएका छन् । संस्थापक अध्यक्ष अजितरमण खनालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा रोटरी क्लव अफ गोरखाका सह सचिव अन्जनबाबु खत्री, रोट्याक्ट क्लव अफ गोरखाका पूर्व अध्यक्ष बुद्धी जोगी लगायतले सुभकामना मन्तब्य राखेका थिए ।

उक्त पदस्थापन कार्यक्रका बिच सात जना नयाँ सदस्य थप गरिएको क्लवले जनाएको छ । कार्यक्रममा निरञ्जन कट्टेलले स्वागत र समिर श्रेष्ठले धन्यबाद मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्