
विपी स्मृति दिवसमा लाप्राकमा वृक्षरोपण
दराैँदी समाचारदाताः ३८ औं विपी स्मृति दिवसको अवसरमा मंगलबार धार्चे गाउँपालिकामा वृक्षरोपण भएको छ । नेविसंघको धार्चे गाउँपालिका ४ लाप्राक कमिटीको आयोजनामा भएको वृक्षरोपणमा सयवटा भन्दा धेरै विरुवा रोपिएको नेविसंघले जनाएको छ ।
लाप्राकको बसपार्क, फ्याप्चेत, चौतारा लगायतका ठाउँमा वृक्षरोपण गरिएको संघले जनाएको छ । यसअघि मंगलबार नेपाली कांग्रेस तथा नेविसंघले विभिन्न पालिकाहरुमा वृक्षारोपण तथा अन्य कार्यक्रम गरी दिवस मनाएको थियो ।




