| शनिबार, कार्तिक २८, २०८३

सिम्रिक एयरको हेलिकोप्टरबाट छेकम्पारकी घाइतेको उद्धार

दराैँदी समाचारदाताः पहिरोमा परी घाइते भएकी एक बालिकाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । टाउकोमा गम्भीर चोट लागेर अचेत भएकी चुमनुब्री गाउँपालिका ७ छेकम्पारकी सातबर्षकी तेञ्जिन छ्योडेन लामालाई सोमबार सिम्रक एयरको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको वडा अध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।

उनको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको र अबस्था गम्भीर रहेकाले आइसियुमा रहेको अध्यक्ष लामाले बताए । माउण्टेन चाइल्ड नामक गैरसरकारी संस्थाको सहयोगमा बालिकाको उद्धार गरिएको उनले बताए ।

गोठालो गएकी बालिका पहिरोमा परी घाइतै भएकी थिइन् । प्रतिकूल मौसमका बाबजुद धेरै जोखिम मलेर पनि हेलिकोप्टरबाट उद्धार गर्न सफल भएकोमा अध्यक्ष लामाले खुशी व्यक्त गरेका छन् ।

सडक सञ्जालले नछोएको गोरखाको हिमाल पारिका बासिन्दा सामान्य बिरामी भए पनि महंगो खर्च गरी हेलिकोप्टर चार्टर गरेर उपचार गराउन जान बाध्य       छन् ।

प्रतिक्रिया दिनुहोस्