| शनिबार, कार्तिक २८, २०८३

बाढी पहिरो पीडितलाई सहयोग गर्न प्रदेश सरकारलाई सांसद दवाडीको आग्रह

दराैँदी समाचारदाता :

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले आइतबार र सोमबारको अविरल बर्षातका कारण पीडित बनेकाहरुलाई राहत दिन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

सोमबार संसदको सुन्य समयमा बोल्दै दवाडीले पहिरोका कारण गोरखामा एकजनाको मृत्यू भएको तथा बिभिन्न ठाउँमा पहिरोमा घर, गोठ, पशुचौपाया गुमाएकाहरुलाई राहत दिन आग्रह गरेका हुन् ।

‘अबिरल बर्षापछिको पहिरोले गोरखाको भच्चेक बजार जोखिम अबस्थामा छ’, उनले भने, ‘अजीरकोट गाउँपालिकाकै बालुवा बजारमा दुई घर पहिरोको जोखिममा छ । बारपाक सुलीकोट गाउँपालिकाको नालपाङ जौबारी, जयडाँडाका  घर पहिरोको जोखिममा छन् । सोही गाउँपालिकाको वडा नं. ५ रानागाउँ भन्ने ठाउँका धनबहादुर राना, लोकबहादुर बराम, रामबहादुर ढकालको घर,  पन्द्रुङको तीनखण्डेका घर पनि पहिरोको जोखिममा रहेको छ ।

प्रदेश सरकारले उहाँहरु सबैको उद्धार र राहतका लागि ध्यान पुगोस् भन्न चाहन्छु ।’ बिभिन्न राजनीतिक बिधेयकहरुमा छलफल मात्र गर्ने नाउँमा गाउँका बाढीपहिरो पीडितको पीडामा मल्हम लगाउन बिर्सन नहुनेतर्फ पनि उनले ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्