| शनिबार, कार्तिक २८, २०८३

वृद्धभत्ता कटौती नगर्न गोरखा भारतीय भूपू सैनिक कल्याणकारी सेवाकेन्द्रको माग

दराैँदी समाचारदाताः गोरखा भारतीय भूपू सैनिक कल्याणकारी सेवाकेन्द्रले भूपू सैनिकहरुले खाइपाई आएको सामाजिक सुरक्षा भत्ता कटौति नगर्न माग गरेको छ ।
सेवाकेन्द्र गोरखाका अध्यक्ष कृष्णबहादुर गुरुङसहितको भूपू सैनिकहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापन पत्र पठाउँदै सो माग गरेको हो ।

सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकको नैसर्गिक अधिकार भएको सो सेवाकेन्द्रको दाबी छ । भारतीय वा ब्रिटिश भूपू सैनिक पनि नेपाली नागरिक भएकाले नेपाल सरकारले भेदभावपूणर् व्यवहार नगर्न अनुरोध गरको हो । अन्यथा आन्दोलनमा उत्रन बाध्य हुने उनीहरुको चेतावनी छ ।

गोरखामा करिब १२ हजार जना भारतीय तथा बिभिन्न देशका भूपू सैनिक रहेका छन् । साथै भारतीय र ब्रिटिश गरी ३५०० जना बहालवाला सैनिक छन् ।
भारतीय, ब्रिटिश वा नेपालका सेवा निवृत्त भूपू सैनिकहरुले सामाजिक सुरक्षा भत्ता नपाउने बिषयमा सरकारको गत असार १७ गतेको बैठकले निणर्य गरेको थियो । सो निणर्यप्रति आपत्ति प्रकट गर्दै अध्यक्ष कृष्णबहादुर गुरुङद्वारा हस्ताक्षरित सो ज्ञापन पत्रमा सरकारले पूर्ववत रुपमा सामाजिक सुरक्षाभत्ता वितरण गर्नुपर्ने जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्