| शनिबार, कार्तिक २८, २०८३

कोरोनाबाट मृत्यु भएकाको परिबारलाई अमेरिका गोरखा संपर्क समाजद्वारा आर्थिक सहयोग

दराैँदी समाचारदाताः कोरोनाका कारण मृत्यू भएका गोरखाका एक मृतकको परिबारलाई अमेरिका गोरखा सम्पर्क समाजले आर्थिक सहायता प्रदान गरेको छ । समाजले पठाएको एकलाख ११ हजार एकसय ११ रुपैयाँ शनिबार पालुङ्टार नगरपालिकाका मेयर दीपकवावु कँडेलले मृतकका परिबारलाई हस्तान्तरण गरेका थिए ।

पालुङ्टार ७ पुर्नेपिपलका ४० बर्षीय एक युवा कतारबाट कोरोना संक्रमित भएर आएका थिए । आएको तेस्रो दिन उनको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यू भएको थियो ।
उनका श्रीमती सहित एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्