| शनिबार, कार्तिक २८, २०८३

टेलिकमले उपभोक्तालाई क्षतिपुर्ती तिर्ने, ‘समयमा काम नभए, उजुरी गरौ, क्षतिपुर्ती लिउ’

नेपाल टेलिकमको मोबाइल र इन्टरनेट सेवा बिहिबार दिनभर बेकामे

दरौँदी समाचारदाताः नेपाल सरकारको स्वामित्व रहेको नेपाल टेलिकमले प्रबाह गरेको मोबाइल र इन्टरनेट सेवा गोरखामा बिहिबार दिनभर अबरुद्ध भएको छ ।
गोरखा सदरमुकाम लगायत जिल्लाभर मोबाइल र एडिएसएल सेवा बन्द भएको हो ।

सेवा अबरुद्ध हुँदा दुर सञ्चार प्राधिकरण माताहतका ग्राहकहरु सूचना, समाचार पढ्न, सामाजिक सञ्जाल चलाउन तथा देश, विदेशमा रहेका आफत्न्तहरुसँगको सम्पर्कबाट बिच्छेद भएको गुनासो गरेका छन् ।

नेपाल टेलिकम गोरखाका अनुसार अप्टिकल फाइबरमा देखिएको समस्याका कारण दिनभर सेवा अबरुद्ध भएको हो । बिहिबार दिउसोबाट सेवा सुचारु गर्ने टेलिकम कार्यालयले जनाए पनि रातीसम्म सेवा सुचारु हुन सकेको थिएन ।

आर्थिक बर्षको अन्तिममा इन्टरनेट सेवा अबरुद्ध हुँदा वैंक ता वित्तिय संस्थाले आर्थिक कारोबार गर्न समेत सकस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्