| शनिबार, कार्तिक २८, २०८३

तरुणदलद्वारा गोरखा नगरपालिकालाई मास्क र सेनिटाईजर प्रदान

दरौँदी समाचारदाताः नेपाल तरुण दल गोरखाले गोरखा नगरपालिकालाई पाँच लिटर सेनिटाईजर र पाँच सय थान मास्क सहयोगस्वरुप प्रदान गरेको छ ।

तरुण दलका कार्यवाहक अध्यक्ष आनन्द गुरुङले नगरप्रमुख राजन राज पन्तलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका तरुण दल गोरखाका प्रवक्ता सन्तोष दवाडीले बताए । तरुण दलका उपाध्यक्ष मनोज देवकोटाको सहयोगमा उक्त सामग्री कार्यालयलाई दिइएको तरुण दलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्