| शनिबार, कार्तिक २८, २०८३

गोनपा २ द्वारा दुई सय जनालाई लौरो बितरण

दरौँदी समाचारदाताः गोरखा नगरपालिका वडा नम्बर २ ले वडा भित्रका जेष्ठ नागरिक, अपाङ्गता भएका र लौरोको साहरा चाहिने दुई सय जनालाई लौरो बितरण गरेको छ । वडा कार्यालयले जेष्ठ नागरिकका लागि बिनियोजन गरेको एक लाख ५० हजार रुपैयाँबाट लोरो बितरण गरिएको वडा अध्यक्ष रहमतुल्ला मियाँले बताए ।

‘फोल्डीङ गर्न मिल्ने, हलुका खालेको लौरो बितरण गरेका हौँ’ अध्यक्ष मियाँले भने । सार्वजनीक सवारी चढ्दा, हिडडुल गर्दा काठका समान्य लौरो बोकेर हिड्न समस्या भएपछि वृद्धवृद्धाको मागको आधारमा लौरो बितरण गरिएको उनले बताए । गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले शनिवार लौरो बितरण सुभारम्भ गरेका थिए भने आइतवार टोलटोलमा पुगेर बाँकी वृद्धवृद्धालाई बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्