| शनिबार, कार्तिक २८, २०८३

घ्याम्पेशाल प्रहरीद्वारा गाँजा फडानी

दरौँदी समाचारदाताः घ्यापेशाल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भिमसेन थापा गाउँपालिका १ मसेलमा गाँजा फडानी गरेको छ । सडक र गोरेटोबाटो आसपास उम्रिएको गाँजाको बोटहरु काटेर नष्ट गरिएको घ्याम्पेशाल प्रहरी चौकीका इन्चार्ज असई रेखबहादुर थापाले बताए ।

‘गाउँघरमा लागुऔषधको प्रयोगहुन सक्ने हुँदा गाँजा फडानी गरेका हौँ’ उनले भने ‘जिल्ला प्रहरी कार्यालयका प्रमुखको निर्देशन अनुसार उक्त कामलाई निरन्तरता दिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्