
पालुङटारको ७ र ८ वडा सिल
शनिवार गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यू भएपछि र थप तीन जनामा कोरोना पुष्टि भएपछि पालुङटारको दूईवटा वडा सिल गरिएको छ ।

वडा नम्बर ७ को जिबनज्योती माविको क्वारेन्टिनमा बसेका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै वडा सिल गर्ने निणर्य गरिएको नगरप्रमुख दिपकबाबु कंडेलले बताए । ‘थप जोखिम न्यूनिकरण गर्न असार २६ गते सम्म वडा कार्यालय सिल गर्ने निणर्य भएको छ’ उनले भने । वडा सिल भएपछि २६ गते सम्म कुनैपनि काम नहुने नगरपालिकाले जनाएको छ ।
वडाबासीलाई सचेत भएर घरभित्रै बस्न र अतिआवस्यक काममा सामाजिक दुरी कायम गर्न, मास्क, सेनिटाईजर, साबुनपानीको प्रयोग गर्न अनुरोध गरिएको नगरप्रमुख कंडेलले बताए ।




