| शनिबार, कार्तिक २८, २०८३

जनता आबास कार्यक्रम अन्तर्गत ९४ घर थप्ने निणर्य

दरौँदी समाचारदाताः बिपन्न परिवारको घर सरकारले बनाईदिने ‘जनता आबास’ कार्यक्रम अन्र्तगत गोरखामा ९४ वटा नयाँ घर थप्ने निणर्य भएको छ । छनौट समितिका संयोजक एवं भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको अध्यक्षतामा शनिवार सम्पन्न बैठकले आउँदो वर्ष ९४ बिपन्न घरधुरी पहिचान गरी घर बनाईदिने निणर्य गरेको हो ।

‘स्थलगत सर्वेक्षण हुन्छ, मापदण्ड भित्र परेकाहरुलाई हामीले स्थानीय तहको सिफारिसमा घर बनाईदिनेछौँ’ सहरी बिकास तथा भबन कार्यालय गोरखाका प्रमुख गुरुदत्त अधिकारीले भने । कुमाल, बराम, कुसुण्डा, माझी, दलित, भुजेल, गान्धारी, मुसलवान समुदायको हुनुपर्ने, जग्गाको पुर्जा भएको, स्थायी रुपमा बसोबास गर्ने, आर्थिक अवस्था कमजोर भएको, यस अघि राज्यबाट सुविधा लिएर घर नबनाएको परिवार छनौटको प्राथमिकतामा पर्ने उनले बताए । कार्यालयबाट खटिएका प्राविधिक टोलीले स्थलगत निरीक्षण पछि मात्रै घर निर्माणमा सिफारिस गरिने उनले बताए ।

कार्यालयले यो वर्ष दुई सय ३७ घर निर्माण सुरु गरेको मध्ये २८ परिवारको मात्रै पुरा भएको छ भने बाँकी निर्माणाधिन छ । ‘तीन करोड आएको मध्ये ३० लाख बाँकी छ, थप ५० लाख आएको छ’ कार्यालय प्रमुख अधिकारीले भने ‘समयमै बजेट निकासा नहुँदा धेरै घर पुरा हुन बाँकी छ ।’ निर्माण सुरु भएको घर सम्पन्न गर्न र थपिएको ९४ घर निर्माण पुरा गर्न चार करोड ११ लाख रुपैयाँ आवस्यक पर्ने कार्यालयले जनाएको छ । ‘निर्माण चलिरहेका घर सम्पन्न हुँदै जान्छ, नयाँ थपिएको बन्दै जान्छ’ उनले भने ।

जनता आबास कार्यक्रम अन्र्तगत बन्ने घरलाई कार्यालयले शौचालय निर्माण सहित तीन लाख ३२ हजार दुई सय ५० नगद भुक्तानी दिने गर्छ । तीन चरणमा किस्ता बापत रकम दिईन्छ भने १० प्रतिशत रकम स्थानीयले श्रमदान गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्